मोरङमा एकैदिन कोरोना संक्रमणबाट श्रीमान श्रीमतीको मृत्यु
५ कात्तिक, बिराटनगर । एकै दिन कोरोना संक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मोरङका अनुसार रंगेली नगरपालिका ४ निवासी श्रीमान श्रीमतीको कोरोना संक्रमणबाट मंगलबार मृत्यु भएको हो।

८५ वर्षीय श्रीमान र उनकी ८१ वर्षीया श्रीमतीको १२ घण्टाको फरकमा मृत्यु भएको छ । श्रीमानको विराट नर्सिङ होममा र श्रीमतीको मोरङ सहकारी अस्पतालमा मृत्यु भएको हाे ।
प्रकाशित मिति : October 21, 2020 at 10:04 am



