पछिल्लो २४ घण्टामा काेराेना संक्रमणबाट थप ८ जनाको मृत्यु
४ कात्तिक, काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा काेराेना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७६५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप जना ३०९३ जना कोरोना संक्रमित थपिएका छन । याेसँगै हालसम्म नेपालमा काेराेना संक्रमितकाे संख्या १ लाख ३९१२९ पुगेकाे छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४१७५५ रहेको छ ।

थपिएका संक्रमितमध्ये काठमाडौँमा १४३१ जना, भक्तपुरमा १४८ जना र ललितपुरमा १२३ जना रहेका छन् । यससँगै उपत्यकामा मात्रै बितेको २४ घण्टामा १७०२ जनामा संक्रमण पुष्टि भएको गौतमले बताए । आज देशभर २१०८ संक्रमित कोरोनामुक्त भएका छन्। याेसँगै हालसम्म काेराेना जितेर घर फर्किने काे संख्या ९६६०९ पुगेकाे छ ।
प्रकाशित मिति : October 20, 2020 at 4:51 pm



