काठमाडाैँ उपत्यकाका १७०२ सहित पछिल्लो २४ घण्टामा थपिए ३०९३ कोरोना संक्रमित
४ कात्तिक, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप जना ३०९३ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबारकाे नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । याेसँगै हालसम्म नेपालमा काेराेना संक्रमितकाे संख्या १ लाख ३९१२९ पुगेकाे छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४१७५५ रहेको छ ।
थपिएका संक्रमितमध्ये काठमाडौँमा १४३१ जना, भक्तपुरमा १४८ जना र ललितपुरमा १२३ जना रहेका छन् । यससँगै उपत्यकामा मात्रै बितेको २४ घण्टामा १७०२ जनामा संक्रमण पुष्टि भएको गौतमले बताए ।

आज देशभर २१०८ संक्रमित कोरोनामुक्त भएका छन्। याेसँगै हालसम्म काेराेना जितेर घर फर्किने काे संख्या ९६६०९ पुगेकाे छ ।
प्रकाशित मिति : October 20, 2020 at 4:41 pm



