१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

काठमाडाैँ उपत्यकाका २३८८ सहित पछिल्लो २४ घण्टामा थपिए ३७९० कोरोना संक्रमित

३ कात्तिक, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप जना ३७९० जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले साेमबारकाे नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । याेसँगै हालसम्म नेपालमा काेराेना संक्रमितकाे संख्या १ लाख ३६०३६ पुगेकाे छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४०७७८ रहेको छ ।

थपिएका संक्रमितमध्ये काठमाडौँमा २००८ जना, भक्तपुरमा ९९ जना र ललितपुरमा २८१ जना रहेका छन् । यससँगै उपत्यकामा मात्रै बितेको २४ घण्टामा २३८८ जनामा संक्रमण पुष्टि भएको गौतमले बताए ।

आज देशभर २३३५ संक्रमित कोरोनामुक्त भएका छन्। याेसँगै हालसम्म काेराेना जितेर घर फर्किने काे संख्या ९४५०१ पुगेकाे छ ।

प्रकाशित मिति : October 19, 2020 at 4:29 pm