५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

लोकसेवा आयोगको सवै परीक्षा स्थगित

३ कात्तिक, काठमाडाैँ । लोकसेवा आयोगले निर्धारित सबै परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । आयोगले साेमबार एक सूचना जारी गर्दै यही कात्तिक १६ गतेदेखि सञ्चालन गर्न लागिएको निजामती, सुरक्षा एवं संगठित संस्थाका सबै परीक्षाहरु स्थगित गरेको हो ।

कोरोना संक्रमितलाई परीक्षामा सहभागी हुन नदिने आयोगको निर्देशनलाई सर्वाेच्च अदालतले रोक लगाएपछि कोरोनाको त्रास देखाउँदै आयोगले अनिश्चितकालका लागि स्थगित गरेको हो ।

आयोगको सूचनामा भनिएको छ ‘हाल मिश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण आयोगबाट सञ्चालन हुने परीक्षामा सम्मिलित हुने उम्मेदवारहरुमा सिर्जना भएको भय एवं आयोगका कर्मचारीहरुसमेत कोरोना भाइरसबाट सक्रंमित भई परीक्षासँग सम्बन्धित मुख्य शाखाहरू समेत बन्द गर्नुपरेको र कर्मचारीहरू आइसोलेसनमा रहेको कारण परीक्षा व्यवस्थापनमा जनशमि खटाउन एवं परीक्षा व्ज्यवस्थापन गर्न समस्या भई तत्काल परीक्षा सञ्चालन गर्न कठिनाई उत्पन्न भएकोले अर्काे सूचना नभएसम्मका लागि स्थगित गरिएको छ,’ ।

आयोगले केही दिन अघि कोरोना संक्रमित व्यक्तिलाई परीक्षामा सामेल नगर्ने जनाएको थियो । तर, सर्वोच्च अदालतले कोरोना संक्रमितहरुलाई पनि लोकसेवाको परीक्षा दिने व्यवस्था मिलाउन निर्देशनात्मक आदेश दिएको थियो । आयोगको यो सूचनासँगै परीक्षा नै अन्योलमा परेको छ ।

प्रकाशित मिति : October 19, 2020 at 3:17 pm