१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

१६ लाख मुल्य बराबरकाे सुनसहित १ जना पक्राउ

३ कात्तिक, काठमाडाैँ ।  जनकपुरबाट २०० ग्राम अवैध सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको बलबा नगरपालिका– ४ का ३४ वर्षीय रामचन्द्र साह रहेको सशस्त्र प्रहरीले जनाएको छ । प्राप्त सूचनाका आधारमा बा१०च ३५६८ नंको इको भ्यानमा लुकाइछिपाइ भारततर्फ लैजाँदै गरेको अवस्थामा जनकपुरको भ्रमरपुरा चोकबाट सो परिमाणको सुनसहित उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल, धनुषा ८ नम्बर गणले जनाएको छ । बरामद गरिएको २०० ग्राम सुनको बजार मूल्य १६ लाख २३ हजार ८०० रहेको छ ।

फाइल फाेटाे

गणका सशस्त्र प्रहरी निरीक्षक शम्भू कटवालको नेतृत्वमा खटिएको टोलीले काठमाडौँबाट अवैधरुपमा चोरी पैठारी गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा आइतबार साँझ उक्त सुन र गाडी पक्राउ गरेको हो । सुनसहित गाडीको अन्दाजी मूल्य करिब रु ३१ लाख २३ हजार ८०० रहेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको सुन र गाडी आवश्यक कानूनी कारवाहीका लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : October 19, 2020 at 1:50 pm