पाल्पा महोत्सव सम्पन्न, रु १२ करोड बराबरको कारोबार
१४ फागुन, पाल्पा । तानसेनको टुडिखेल मैदानमा उद्योग वाणिज्य संघको मुख्य आयोजनामा सुरु भएको पाल्पा महोत्सव तथा व्यापार मेला आइतबारबाट सम्पन्न भएको छ । महोत्सवमा रु १२ करोड बराबरको कारोबार भएको आयोजकले जनाएको छ ।
तानसेनको टुँडीखेल मैदानमा गत फागुन ३ देखि १३ गतेसम्म चलेको पाल्पा महोत्सव तथा व्यापार मेलामा रु १२ करोड १० लाख बराबरको कारोबार भएको छ भने तीन लाख दर्शकले मेला अवलोकन गरेको आर्थिक व्यवस्थापन उपसमितिका संयोजक दीपकप्रसाद पाण्डेले जानकारी दिए ।
मेलाको समापनका अवसरमा प्रतिनिधिसभाका सदस्य सोमप्रसाद पाण्डेले पाल्पालाई पर्यटकीय क्षेत्रका रुपमा अगाडि बढाउन सकिने बताए ।
मेलामा स्थानीय खानाको परिकार, बाल उद्यान, कर्णेल उजुरसिंह थापाको पूर्णकदको सालिक, पाल्पालाई झल्काउने फोटो प्रदर्शनी धार्मिक तथा ए्ेतिहासिक स्थलको परिचय, काष्ठकला, स्थानीय घरेलु तथा कुटिर उद्योग, टर्की चरा, उँट, अष्टिज चरा, भूकम्प प्रतिरोधी घर निर्माणको प्रदर्शनी, कृषि तथा वन्यजन्तुका उत्पादनका सामग्री विशेष आकर्षण रहेको थियो ।
प्रकाशित मिति : February 26, 2018 at 10:54 am







