१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

लोकप्रिय हाँस्य कलाकार शिवहरि पाैडेललाई मातृशोक

३ कातिक, काठमाडाैँ । लोकप्रिय हाँस्य कलाकार शिवहरि पौडेललाई मातृशोक परेको छ । कलाकार पौडेलको आमा देवी पौडेलले आइतबार राति हेटौँडामा निधन भएको छ । कलाकार पौडेलले माताको मृत्युपछि फेसबुक मार्फत दुःखद् खबर भन्दै आमाको निधनमा दुःख प्रकट गर्दै आफन्तका लागि सूचना बाँडेका छन ।

पाैडेलले भनेका छन ‘दुखद् खवर लेख्न वाध्य भएं आमा । एउटा छोराले गर्ने कर्तव्य मैले गरेंकी गरिंन मलाई थाहा छैन आमा । १०० वर्षसम्म आफ्ना परिवारलाई संरक्षण दिनुभो, त्यस्पछि हजुरलाई वचाउन सकिएन आमा, मलाई माफ गर्नुहोला । स्वर्गमा वास होस् मेरी प्यारी आमा । देश विदेशमा हुनु भएका सम्पूर्ण आफन्तजनहरूको जानकारीकोलागी यो दुखद् खवर आफैले फेसवुक वालमा राख्न वाध्य भएकोछु । आमा, फेरीपनि मलाई माफ गर्नुहोला । (१९७७ फागुन देखि २०७७ कार्तिक २ गते राती ११ वजेर ०९ मिनेट सम्म)’

प्रकाशित मिति : October 19, 2020 at 8:32 am