१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

नेपाल राष्ट्र बैंकले सोमबार ११ अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गर्ने

२ कातिक, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सोमबार बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागिएको बैंकले जनाएको छ । बिक्री हुन लागेको कूल ट्रेजरी बिलमध्ये रु सात अर्ब २० करोड गत वर्ष बिक्री गरिएको ट्रेजरी  बिलको नवीकरण हो भने रु चार अर्ब नयाँ हो । केन्द्रीय बैंकका अनुसार रु चार अर्ब बराबरको ट्रेजरी बिलको परिपक्व हुने अवधि २०७८ साल कात्तिक २ गते रहेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आईतवार २२:१२