१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

कात्तिक ६ गते डाकेको माछापुच्छ्रे बैंकको साधरणसभा स्थगित

२ कातिक, काठमाडाैँ । कात्तिक ६ गते डाकेको माछापुच्छ्रे बैंकको साधरणसभा स्थगित भएको छ । बैंकले यही कात्तिक ६ गते पोखरामा २२ औ वार्षिक साधारणसभा डाकेको थियो । कोरोना संक्रमण तीव्र बन्दै गएको र दशैँको बीचमा सेयरधनीहरू समेत साधारणसभामा उपस्थित हुन नसक्ने देखिएपछि साधारणसभा स्थगित गरिएको बैंकले जनाएको छ ।

कर प्रयोजनसहित २८ करोड ५० लाख रुपैयाँ नगद लाभांस दिने माछापुच्छ्रेको तयारी रहेको छ । बैंकले गत वर्षको नाफाबाट ३.३७ प्रतिशत नगद लाभांस र ७.०३ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरिसकेको छ। त्यस्तै ५९ करोड ४६ लाख रुपैयाँ बोनस शेयर प्रदान गर्नेछ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आईतवार ११:०६