१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

नेकपाका वरिष्ठ नेता खनाल निको भई घर फर्किए

३० असोज, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल निको भई आज घर फर्किनुभएको छ । उच्च रक्तचाप बढेपछि धुम्रबाहारीस्थित ह्याम्स अस्पतालमा उपचाररत रहनुभएका पूर्व प्रधानमन्त्री खनाल आज घर फर्किनुभएको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

खनाललाई उच्च रक्तचापसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि गत बिहीबार अस्पतालमा भर्ना गरिएको थियो ।

प्रकाशित मिति : October 16, 2020 at 5:50 pm