सभामुख सापकोटाद्धारा प्रा डा श्रेष्ठप्रति श्रद्धाञ्जलि
३० असोज, काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रियसभाका पूर्वसदस्य एवं प्राज्ञिक व्यक्तित्व प्रा डा राममान श्रेष्ठको निधनको खबरले आफूलाई मर्माहत तुल्याएको बताउनुभएको छ ।

सभामुख सापकोटाले दिवङ्गत श्रेष्ठप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवार एवम् आफन्तजनमा समवेदना पनि व्यक्त गर्नुभएको छ ।
प्रकाशित मिति : October 16, 2020 at 4:46 pm



