१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

नेपालमा काेराेनाबाट थप २१ जनाको मृत्यु, मृतकको संख्या ७१५ पुग्यो

३० असाेज, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ७१५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप जना ४३९२ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारकाे नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३७३८२ रहेको छ । उनका अनुसार हाल संस्थागत आइसोलशेनमा १२ हजार ३३६ र होम हाइसोलेशनमा २५ हजार ४६ जना रहेका छन् । आज देशभर ३५ सय २२ संक्रमित कोरोनामुक्त भएका छन्।

फाइल फाेटाे

थपिएका संक्रमितमध्ये काठमाडौँमा १७८४ जना, भक्तपुरमा २४४ जना र ललितपुरमा ३७४ जना रहेका छन् । यससँगै उपत्यकामा मात्रै बितेको २४ घण्टामा २४०२ जनामा संक्रमण पुष्टि भएको गौतमले बताए ।

प्रकाशित मिति : October 16, 2020 at 4:37 pm