१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

कोरोनाबाट बच्न प्रतिबन्धको विकल्प छैनः डब्ल्यूएचओ

३० असोज, काठमाडाैँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (काेभिड १९)को सङ्क्रमणबाट बच्नका लागि प्रतिबन्धको विकल्प नरहेको जनाएको छ । बीबीसीका अनुसार यूरोपमा कोरोना भाइरसको दोस्रो लहर सुरु बताउँदै डब्ल्यूएचओले यसबाट बच्न नयाँ निर्देशिका पालना गर्नुपर्ने जनाएको छ ।

डब्ल्यूएचओ युरोपमा दैनिक एक हजारभन्दा धेरैले ज्यान गुमाउने चेतावनी समेत दिएको छ ।  गएको २४ घण्टामा फ्रान्समा ३० हजारभन्दा धेरै सङ्क्रमित थपिएका छन् । बेलायतमा सामाजिक कार्यक्रम गर्न रोक लगाइएको छ । फ्रान्स, इटली, पोल्याण्ड र जर्मनीलगायतका देशमा परीक्षणको दायरा बढाइएसँगै सङ्क्रमितको संख्या पनि ह्वात्तै बढेको छ ।

प्रकाशित मिति : October 16, 2020 at 7:56 am