२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

नेपालकै जेष्ठ नागरिक नुवाकोटकी बाटुली बस्ने घर बनाउन सांसद मैनालीले दिए १० लाख

२९ असोज, काठमाडाैँ । नेपालकै जेष्ठ नागरिक बाटुली लामिछाने बस्ने घर निर्माणका लागि नेकपा नुवाकोटका नेता एवं बागमती प्रदेशका सांसद बद्री मैनालीले १० लाख रूपैयाँ दिने निर्णय गरेका छन । आफ्नो क्षेत्रमा आफूले छान्न पाउने योजनामा समावेश गर्दै सांसद मैनालीले १० लाख रूपैयाँ दिने निर्णय गरेका हुन ।

नुवाकोटको १ ९ख० बाट निर्वाचिन सांसद् मैनालीले आफ्नो क्षेत्रमा भएका विकास निर्माणका सबै योजना सार्वजनिक गर्ने क्रममा यो योजना पनि समावेश गरेका छन । बाटुली १ सय १८ वर्षमा प्रवेश गरेकी छिन् । उनी नेपालको जेष्ठ नागरिक हुन । मैनालीले मासिक रूपमा पनि बाटुलिका लागि निर्वाह भत्ता दिँदै आएका छन ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार १९:०९