१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

कोरोना संक्रमितले पनि लोकसेवा आयोगको परीक्षामा दिन पाउने (सर्वोच्चको आदेशसहित)

२९ असोज, काठमाडाैँ । सर्वोच्च अदालतले कोरोना संक्रमितले पनि लोकसेवा आयोगको परीक्षामा दिन पाउने आदेश दिएको छ । अदालतले अन्तरिम आदेश दिँदै कोरोना संक्रमितलाई पनि लोकसेवा आयोगको परीक्षामा सहभागी गराउन भनेको छ ।

बिहीबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले संक्रमित व्यक्ति परीक्षा दिनबाट बञ्चित हुँदा संविधान प्रदत्त पेशा रोजगार गर्न पाउने हक, समानताको हक, स्वास्थ्य अवस्थाको अधारमा विभेद विरुद्धको हक, छुवाछुत तथा भेदभावविरुद्धको हकसमेत उल्लंघन हुने ठहर गरेको छ ।

सर्वोच्चले अदालतले आयोगले जारी गरेको संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्डको बुँदा नम्बर ८(१) को कार्यान्वयन नगर्न पनि भनेको छ । उक्त बुँदामा परीक्षार्थीले आफू कोभिड–१९ संक्रमित भए नभएको स्वयं घोषणा गर्नुपर्ने तथा संक्रमित परीक्षार्थीले परीक्षा केन्द्रमा प्रवेश गर्न नपाउने व्यवस्था गरेको छ ।

यस्तो छ सर्वोच्चको आदेश

प्रकाशित मिति : October 15, 2020 at 6:10 pm