१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

काठमाडाैँका १९३५ सहित पछिल्लो २४ घण्टामा थपिए ३७४९ कोरोना संक्रमित

२९ असोज, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप जना ३७४९ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहिबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ रहेको छ । उनका अनुसार हाल संस्थागत आइसोलशेनमा १२ जार ३३९ र होम हाइसोलेशनमा २४ हजार १९४ जना रहेका छन् । आज देशभर ३५ सय ६४ संक्रमित कोरोनामुक्त भएका छन्।

थपिएका संक्रमितमध्ये काठमाडौँमा १६९२ जना, भक्तपुरमा १३४  जना र ललितपुरमा १०८ जना रहेका छन् । यससँगै उपत्यकामा मात्रै बितेको २४ घण्टामा १९३५ जनामा संक्रमण पुष्टि भएको गौतमले बताए ।

प्रकाशित मिति : October 15, 2020 at 4:26 pm