१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

काठमाडौँको नयाँ बजारमा ग्यास विस्फोट, ११ घाइते, २ जनाकाे अवस्था गम्भीर

२९ असाेज, काठमाडाैँ । काठमाडौँको नयाँबजारमा भएको ग्यास विस्फोटमा परी ११ जना घाइते भएका छन् । । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ नयाँ बजारस्थित फलफूल चोकमा रहेको नीलकुमारी क्षत्रीको घरमा ग्यास पड्किएर ११ जना घाइते भएका हुन् ।  बिहीवार बिहान भएको ग्यास विस्फोटमा परी ११ जना घाइते भएको र उनीहरूको अहिले अस्पतालमा उपचार जारी रहेको महानगरीय प्रहरी परिसर टेकुका एसपी शैलेन्द्र सिंह राठौरले जानकारी दिए ।

नीलकुमारीको ससुरा केही दिन अघि बितेको र सो घरमा हाल किरीयाकर्म भइरहेको थियो । बिहीबार बिहान ग्यास खोल्दा एकाएक लिक भएर आगलागी सुरु हुन पुगेको जानकारी पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनामा  घाइते भएका ११ जनामध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको पिपुल्स र मनमोहन अस्पतालमा उपचार भइरहेको राठौरले जानकारी दिए । ४ वटा ग्यास सिलिन्डर विस्फोट हुँदा सो घरमा नराम्ररी क्षति पुगेको छ भने वरपरका केही घरमा समेत सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : October 15, 2020 at 2:06 pm