१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

कोरोनाका कारण बढेको ५० प्रतिशत भाडा कटाैती, अब पुरानै भाडादर कायम

२८ असोज, काठमाडाैँ । सरकारले कोरोनाको कारण बढाएको सार्वजनिक यातायातको भाडादर कटाैती गरेको छ। सरकारले यसअघि बृद्धि गरेको ५० प्रतिशत भाडादर कटाैती गरेको भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले लकडाउनपछि वृद्धि गरिएको ५० प्रतिशत भाडा घटाएर पूर्ववत् भाडा नै कायम गरेको हो ।

सरकारले सिट क्षमता अनुसार यात्रु राख्न पाउने गरी सार्वजनिक यातायातको भाडा कटाैती गरेको जनाएको छ । असोज १ बाट खुला गरिएको लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातको भाडा ५० प्रतिशत वृद्धि गरी आधा सिटमा मात्र यात्रु राख्न पाउने व्यवस्था गरिएको थियो । सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सोमबारको मन्त्रिपरिषद् बैठकले भाडा पूर्ववत् नै कायम गर्ने निर्णय भएको जानकारी दिए ।

प्रकाशित मिति : October 14, 2020 at 8:27 am