आकस्मिक बाहेकका कुनैपनि अपरेसन नगर्न अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन
२६ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकाका अस्पतालहरुलाई आकस्मिक बाहेकका कुनैपनि अपरेसन नगर्न निर्देशन दिएको छ ।

लक्षण भएका कोरोना संक्रमितहरुको संख्या बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्ताे निर्णय गरेको हो । यसाे गर्नाले कोरोनाका बिरामीहरुलाई केही हदसम्म आईसीयू र भेन्टिलेटर वेड पाउने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
प्रकाशित मिति : October 12, 2020 at 5:27 pm



