१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ९ जनाको मृत्यु

२६ असाेज, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ महिला र ७ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

काठमाडौँमा ७१ वर्षिया र चितवनमा ४० वर्षिया महिलाको मृत्यु कोरोना भाइरसबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै सुनसरीमा ३७ वर्षिय, ८९ वर्षिय र ९० वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै ललितपुरमा ५० वर्षिय, रुपन्देहीमा ७४ वर्षिय, काठमाडौंमा ६३ वर्षिय र ६७ वर्षिय महिलाको मृत्यु भएको छ ।

प्रकाशित मिति : October 12, 2020 at 4:38 pm