१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

काठमाडाैँका २२८३ सहित पछिल्लो २४ घण्टामा थपिए ४०४७ कोरोना संक्रमित

२६ असोज, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप जना ४०४७ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले साेमबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८८०  रहेको छ ।

थपिएका संक्रमितमध्ये काठमाडौँमा १८८८ जना, भक्तपुरमा ११८ जना र ललितपुरमा २७७ जना रहेका छन् । यससँगै उपत्यकामा मात्रै बितेको २४ घण्टामा २२८३ जनामा संक्रमण पुष्टि भएको गौतमले बताए ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४७३ कोरोना संक्रमणमुक्त भएका छन् । याेसँगै अहिलेसम्म कोरोनालाई जित्नेको संख्या  ७७ हजार २७७ पुगेको छ ।

प्रकाशित मिति : October 12, 2020 at 4:28 pm