पछिल्लो २४ घण्टामा काेराेना संक्रमणबाट थप २२ जनाकाे मृत्यु
२५ असाेज, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जना कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट काठमाडौं उपत्यकामा ८ सहित देशभरी थप २२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ महिला र १७ जना पुरुषको मृत्यु भएको हो ।
काठमाडौँमा ६६ वर्षिया महिला, ६० वर्षिय पुरुष, ७० वर्षिय पुरुष, ७५ वर्षिय पुरुष र ८३ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै ललितपुरमा ४९ वर्षिय पुरुष, भक्तपुरमा ४४ वर्षिय पुरुष र ५७ वर्षिय पुरुषको मृत्यु भएको छ । यसैगरी चितवनमा एक ७५ वर्षिया महिलाको मृत्यु भएको छ । यस्तै एक उमेर नखुलेका पुरुष, ४७ वर्षिय पुरुष र ९८ वर्षिय पुरुषको मृत्यु भएको छ ।
त्यस्तै सुनसरीमा ६२ वर्षिया महिला, ६५ वर्षि पुरुष, धनकुटामा ६१ वर्षिया महिला, सर्लाहीमा ३८ वर्षिय पुरुष मकवनपुरमा ८५ वर्षिया महिला सिन्धुपाल्चोकमा ६३ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै नुवाकोटमा ७७ वर्षिय पुरुष, रुपन्देहीमा ६० वर्षिय पुरुष, ६१ वर्षिय पुरुष र ८४ वर्षिय पुरुषको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ ।
प्रकाशित मिति : October 11, 2020 at 4:40 pm



