१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

निरन्तर घट्दै ब्रोइलर कुखुराको मासुकाे मूल्य

२५ असाेज, काठमाडाैँ । चाडपर्व नजिकिएसँगै बजारमा ब्रोइलर कुखुराको मासुको मूल्य निरन्तर घट्न थालेको छ । लामो समयको बन्दाबन्दीमा कुखुरा पालन व्यवसायीहरूले धेरै कुखुरा उत्पादन गरेको हुनाले अहिले बजारमा मासुको मूल्य घटेको नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष टिकाराम पोखरेलले जानकारी दिए । उत्पादन बढी र खपत कम भएका कारण बजारमा कुखुराको मूल्य घटेकाे हो ।

हाल बजारमा कुखुराको मासुको मूल्य प्रतिकेजी २२० देखि २४० सम्म बिक्री भइरहेको छ । त्यस्तै जिउँदो कुखुरा प्रतिकेजी १८० मा बिक्री भइरहेको छ । सामान्य अवस्थामा देशभर करिब ८ लाख केजीको हाराहारीमा मासु खपत हुन्थ्यो भने अहिले करिब ४ लाख केजी मात्रै खपत भइरहेको छ ।

प्रकाशित मिति : October 11, 2020 at 2:04 pm