पत्रकार उत्तम प्रसाँई एक सातादेखि वेपत्ता, त्रिशुलीको किनारमा मोटरसाइकल भेटियो
२५ असोज, काठमाडाैँ । एक साप्ताहिक पत्रिकामा कार्यरत पत्रकार उत्तम प्रसाँई एक सातादेखि वेपत्ता भएका छन । काठमाडाैँको मैतीदेवीबाट बेपत्ता भएका प्रसाँईको मोटरसाइल र केही कागजात भने त्रिशुली नदीको किनार मुग्लिन नारायणगढ सडकखण्डमा भेटिएको नेपाल पत्रकार महासंघका काठमाडाैँको अध्यक्ष सन्तराम बिँडारीले विज्ञप्तिमा मार्फत जानकारी दिएका छन ।

बिडारीले प्रसाँईको वास्तविक स्थिति पत्ता लगाउन प्रहरी समक्ष जोडदार माग पनि गरेका छन । विज्ञप्तिमा उल्लेख भएअनुसार ‘युगव्यथा साप्ताहिकका संवाददाता उत्तम प्रसाँई यही २०७७ असोज १८ गते आइतबार दिँउसो मैतिदेबी स्थित डेराबाट बेपत्ता भएका थिए । सोही दिन दिँउसो एक बजे सम्म कोठामै रहेका उनी गजुरी स्थित सिसीटिभी फुटेजमा बेग गतिका साथ आफ्नै मोटरसाइकलमा मुग्लिनतिर गएको देखिएको छ भने भोलीपल्ट मुग्लिन स्थित मुग्लिन–नारायणगढ खण्डको ३ नम्मर पुल छेउ सकुसल हालतमा हेल्मेट र चावी सहित उनको मोटरसाइकल सडकछेउमै भेटिएको छ । साथै उनको पर्स, मोबाइल, चेकबुक लगायतका सामग्री पनि त्यही डिलको २० मिटर तल सुरक्षीत राखिएको भेटिएको छ भने पत्रकार प्रसाँईको अवस्था केही पत्ता लाग्न सकेको छैन ।’
प्रकाशित मिति : October 11, 2020 at 8:33 am



