१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

नेपालमा काेराेनाबाट थप १० जनाको मृत्यु, मृतककाे संख्या ६०० पुग्यो

२३ असाेज, काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६०० पुगेको छ ।

फाइल फाेटाे

मन्त्रालयका अनुसार काठमाडौँमा ८७ वर्षिया एक महिला सहित १० जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा झापाका २९ वर्षिय, ५२ वर्षिय पुरुष, सुनसरीका ४६ वर्षिय, ५२ वर्षिय र ६८ वर्षिय पुरुष रहेका छन । यस्तै काठमाडौंका ७१ वर्षिय, ललितपुरका ८४ वर्षिय, रुपन्देहीका ४७ वर्षिय र ८४ वर्षिय पुरुष रहेका छन ।

प्रकाशित मिति : October 9, 2020 at 4:48 pm