काठमाडाैँका १४०९ सहित पछिल्लो २४ घण्टामा थपिए २०५९ कोरोना संक्रमित
२३ असोज, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप जना २०५९ कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारकाे नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६७६ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ ।

थपिएका संक्रमितमध्ये काठमाडौँमा १ हजार ११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जना रहेका छन् । यससँगै उपत्यकामा मात्रै बितेको २४ घण्टामा १ हजार ४०९ जनामा संक्रमण पुष्टि भएको गौतमले बताए ।
यस्तै पछिल्लो २४ घण्टामा १६८० कोरोना संक्रमणमुक्त भएका छन् । याेसँगै अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ७३ हजार २३ पुगेको छ ।
प्रकाशित मिति : October 9, 2020 at 4:29 pm



