कोरोना संक्रमणबाट सप्तरीमा एकजनाकाे मृत्यु
२३ असोज, सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा थप एकजनाको मृत्यु भएको छ। डाक्नेश्वरी नगरपालिका वडानम्बर ४ निवासी ६७ वर्षीय पुरूषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
ज्वरो र रूघाखोकी लागेपछि असोज १८ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएका उनको सोही दिन स्वाब संकलन गरिएको थियो । २१ गते उनको रिपोर्ट पोजिटिभ आएकाे थियाे ।

श्वासप्रश्वासमा समस्या देखिएपछि बिहीबार बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान रिफर गरिएको थियो । धरानतर्फ जाने क्रममा बाटोमै उनको मृत्यु भएको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डां रंजित झाले जानकारी दिए ।
प्रकाशित मिति : October 9, 2020 at 1:12 pm



