१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

काठमाडाैँ उपत्यकाका २५४० सहित पछिल्लो २४ घण्टामा थपिए ४३६४ कोरोना संक्रमित

२२ असोज, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप जना ४३६४ कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहिबारकाे नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । योसँगै कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ रहेको छ ।

थपिएका संक्रमितमध्ये काठमाडौँमा २ हजार ८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० जना रहेका छन् । यससँगै उपत्यकामा मात्रै बितेको २४ घण्टामा २ हजार ५४० जनामा संक्रमण पुष्टि भएको गौतमले बताए ।

यस्तै पछिल्लो २४ घण्टामा २,६७५ कोरोना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ७१ हजार ३४३ पुगेको छ ।

प्रकाशित मिति : October 8, 2020 at 4:29 pm