१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

बुटवलमा थप १ कोरोना संक्रमितकाे मृत्यु

२२ असोज, बुटवल । बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा बुटवल उपमहानगरपािलका-६ का ४७ वर्षीय पुरुषको आज मृत्यु भएको हो ।

फाइल फाेटाे

मधुमेह र उच्च रक्त चापका बिरामी ति पुरुष बुधबार अस्पताल भर्ना भएका थिए । आज दिउँसो १ः ३० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

प्रकाशित मिति : October 8, 2020 at 3:18 pm