१५ आश्विन २०८१, मंगलवार | Wed Oct 2 2024

सानिमा जनरल इन्स्योरेन्सको आइपिओमा पहिलो दिनमै साँढे २ गुणा आवेदन

२१ असाेज, काठमाडौँ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण शेयर (आइपिओ) मा पहिलो दिनमै साँढे दुइ गुणा आवेदन परेको छ ।  बुधबार पहिलो दिनमा नै  २ लाख ६५ हजार ९ सय १६ जनाले आवेदन गरेका छन् । आवेदहरूले  ६१ लाख ४७ हजार ६ सय कित्ताको लागि आवेदन गरेका हुन् ।

सानिमा जनरल इन्स्योरेन्सको सेयर निस्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलका अनुसार कुल ६१ करोड ४७ लाख ६० हजारको लागि आवेदन परेको छ । कम्पनीको जारी पुँजी एक अर्ब रुपियाँको ३० प्रतिशतले हुन आउने ३० करोड रुपियाँ बराबरको तीन लाख कित्ता सेयर निष्कासन भएकाे छ ।

निष्कासन भएकाे सेयरमध्ये १ लाख २० हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि, १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणका लागि हुने कम्पनीले जनाएको छ । सेयर आवेदन भर्ने अन्तिम मिति यही असाज २५ गतेसम्म रहेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार १७:४४