१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

बैंकिङ्ग प्रणालीबाट एकैदिन बाहिरियो १४ अर्ब

१४ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै बैंकिङ्ग प्रणालीको निक्षेप घट्न थालेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीबाट एकैदिन १४ अर्ब रुपैयाँ बाहिरिएको छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार फागुन ११ गते बैंकिङ्ग प्रणालीबाट १४ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको हो। फागुन १० गतेसम्म ७७ खर्ब ४९ अर्ब रुपैयाँ रहेको बैंकिङ्ग निक्षेप ११ गते ७ खर्ब ३५ रुपैयाँमा सीमित भएको हो। यस्तै, समीक्षा अवधिमा वाणिज्य बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले घटेको छ। फागुन १० गतेसम्म ६९ खर्ब ८३ अर्ब रुपैयाँ रहेको निक्षेप घटेर ११ गते ६९ खर्ब ७० अर्ब रुपैयाँमा सिमित भएको हो ।

फागुन १० गते बैंकिङ्ग प्रणालीबाट ५८ खर्ब ४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो तर फागुन ११ गते भने १ अर्ब रुपैयाँले बढेको छ। यस्तै, सो अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि १ अर्बले बढ्दै ११ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ। सो अवधिमा अन्तर बैक ब्याजदर २ दशमलव ४६ प्रतिशत र सिडी रेसियो ७४ दशमलव २९ प्रतिशत रहेको  राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : February 26, 2026 at 12:09 pm