११ मंसिर २०८१, मंगलवार | Wed Nov 27 2024

सबैतहको परीक्षा लिन सरकारले दियाे अनुमति

२१ असाेज काठमाडाैँ । सरकारले कोरोना भाइरस (कोभिड-१९) का कारण स्थगित सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ । सरकारले सुरक्षासम्बन्धि मापदण्ड पूर्ण रुपमा पालना गरी विभिन्न तहका परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ । लोकसेवा आयोग, विश्व विद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद, विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह र विषयका परीक्षण सञ्चलन गर्न सैद्धान्तिक अनुमित प्रदान गरिएको उहाँले बताउनुभयो ।

यस्तै व्यवसायीक तालिम प्रदायक संस्थाहरुलाई पनि छोटा अवधिको तालिम सञ्चालन गर्न अनुमति दिएको छ । तालिममा २५ जनाभन्दा बढी सहभागित नहुने गरी स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्नुपर्ने छ । यस्तै विज्ञापन बोर्डको आर्थिक वर्ष २०७७/०७८ का लागि अधिकृतस्तरका ५ जना कर्मचारीहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको उहाँले बताउनुभयो ।

यस्तै शिक्षक सेवा आयोगको अध्यक्ष र एकजना महिला सहित अन्य दुई जना सदस्यहरुको नियुक्तिको लागि सिफारिस गर्न सिफारिस समिति गठन गर्ने निर्णय पनि सरकारले गरेको छ ।

यसैगरी कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा कृषि मन्त्रालमा कार्यरत सहसचितव डा। योगेन्द्र कुमार कर्की र कार्यकारी निर्देशकमा नेपाल कृषि सेवा एगृ।इको। एण्ड मार्केटिङ समूहका वरिष्ठ कृषि अर्थ विज्ञ विनोद कुमार भट्टराईलाई नियुक्त गर्ने निर्णय पनि सरकारले गरेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार १३:००