कोरोनाको उच्च जोखिममा ज्येष्ठ नागरिक, ‘दसैँमा जहाँ छौँ, त्यही बसेर मनाउ’
२१ असाेज, काठमाडाैँ । सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काठमाडौँ उपत्यकामा कोरोना संक्रमणकाे उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकको जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले अरु जिल्लामा कोरोना संक्रमण नियन्त्रणको अवस्थामा रहेपनि काठमाडौँमा संक्रमण रोकथाम उन्मुख नभएकोले उच्च जोखिमको अवस्थामा रहेको उल्लेख गरे ।
स्वास्थ्य मन्त्रालयले दैनिक सार्वजनिक गर्ने नयाँ काेराेना संक्रमितमा आधाभन्दा धेरै उपत्यकाको भएको भन्दै उनले भने,४० लाख जनसंख्या भएको काठमाडौँमा उपत्यकामा संक्रमण बढ्यो भने संकटको अवस्था आउने भन्दै स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरे । परराष्ट्रमन्त्री ज्ञवालीले दसैँ नजिकै आएकोले काठमाडौँबाट गाउँ जाँदा–आउँदा कोरोना संक्रमणपनि संगै जाने भएकोले जहाँ बसेको छ त्यही दसैँ मनाउन आग्रह गरे ।

त्यसैले सेवा दिँदा वा लिँदा, सार्वजनिक सवारीमा चढ्दा वा हिँडडुल गर्दा, अरु खालका गतिविधि गर्दा कोरोनाको उच्च जोखिमलाई ध्यान दिन जरुरी छ ।’
दशैं पारिवारिक पुनर्मिलन र आर्शिवाद लिने चार्ड भएको तर कोरोनाको उच्च जोखिमा जेष्ठ नागरिक रहेकोले दसैँ मनाउँदा जेष्ठ नागरिकलाई आर्शिवाद दिन आफन्तबाट टाढैबाट आर्शिवाद लिन र अर्को दशैमा आर्शिवाद लिनका लागि उनीहरुलाई काेराेना संक्रमणबाट जोगाउन आग्रह गरेका छन् ।
प्रकाशित मिति : October 7, 2020 at 12:26 pm



