१२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026

बलात्कारको घटना ५०० मा मिलाउने ६ जना पक्राउ

२० असोज, बझाङ । जिल्लाको मष्टा गाउँपालिकामा भएको बलात्कारको घटना गाउँमै गुपचुप पारेको आरोपमा ६ जना पक्राउ परेका छन् । बझाङको मस्टा गाउँपालिकामा गत साउन २६ गते १३ वर्षीया बालिकामाथि भएको बलात्कारको घटना गाउँमै ढाकछोप गरेको भन्दै प्रहरीले मष्टा गाउँपालिकाको खिकाला बाट सोमबार उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मष्टा गाउँपालिका वडा नं ३ का वर्ष २४ का झलक दमाइ, वडा नं २ का वर्ष २५ का लालबहादुर बोहरा, वर्ष ५७ का धनचढी बोहरा, वर्ष ४५ कि थमकला दमाई, वर्ष ५७ का पिरु दमाई र वर्ष ५५ का गल्फे बोहरा रहेका छन् । सम्झनाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ गरिएका राजेन्द्र बोहरा यो घटनामा संलग्न थिए । उनीहरूले ५०० रूपैयाँ तिराएर बलत्कारीलाइ उम्काएका थिए ।

प्रहरीका अनुसार पक्राउ परेका ६ जनाले बोहरालाई गर्भ रहे जिम्मा लिने कागज गराएर पाँच सय जरिवाना तिराई सो घटना गाउँमै पञ्चायतको काम गरी गुपचुप मिलाएका थिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काले बताउनुभयो ।

प्रकाशित मिति : October 6, 2020 at 10:58 pm