१२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026

पूर्व सञ्चारमन्त्री गुप्तालाई पितृ शोक

२० असोज, राजविराज । पूर्व सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्तालाई पितृ शोक परेको छ । उहाँका पिता श्यामसुन्दर रौनियारको आज ९० वर्षको उमेरमा निधन भएको हो । मधुमेहलगायत रोगले ग्रसित रहेका रौनियारको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उहाँको सप्तरीको कञ्चनपुर नजिकैको कोशी नदी घाटमा उहाँको सनातन हिन्दु परम्परानुसार दाहसंस्कार गरिने छोरा दीपक गुप्ताले जानकारी दिनुभयो ।

प्रकाशित मिति : October 6, 2020 at 3:48 pm