नेकपाकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि
२० असोज, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमवार गरिएको पीसीआर परीक्षणमा चौधरीलाई संक्रमण पुष्टि भएको हो । उनले आफूमा केही लक्षण देखिएको बताइन् ।

‘हल्का ज्वरो, रुघा–खोकी र स्वाश फेर्न समस्या भएकाले डाक्टरसँग परामर्श गरिरहेकी छु,’ चौधरीले भनिन् । त्यस्तै उनको सम्पर्कमा आएका अन्यलाई समेत सचेत रहन आग्रह गरेकी हुन्।
प्रकाशित मिति : October 6, 2020 at 2:00 pm



