१५ आश्विन २०८१, मंगलवार | Wed Oct 2 2024

जनरल इन्स्योरेन्सको आइपीओ बाँडफाँड, ५ लाख २४ हजार आवेदकको हात खालि

२० असाेज, काठमाडाैँ । जनरल इन्स्योरेन्सको आइपीओ आज बाँडफाँड भएको छ। कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा भएको बाँडफाँडमा ५ लाख २४ हजार ५४ जना आवेदकको हात खालि भएको छ।

जनरल इन्स्योरेन्स कम्पनीको शेयरमा आवेदन गर्ने २ लाख ७० हजार जना आवेदकले शेयर निष्काशन तथा बाँडफाँड नियमावली अनुसार गोलाप्रथाबाट १० कित्ता शेयर हात परेका छन्।

इन्स्योरेन्सको आइपीओमा कुल ७ लाख ९६ हजार ७३४ जना आवेदकबाट २ करोड १४ लाख ५९ हजार ३७० कित्ता आइपीओ खरिदको लागि आवेदन परेकोमा २ हजार १८८ जना आवेदकबाट परेको ४८ हजार ६४० कित्ता शेयरको आवेदन रद्द भएको क्यापिटलले जनाएकाे छ।

आइपीओमा ७ लाख ९४ हजार ५४६ आवेदनबाट २ करोड १४ लाख १० हजार ७१० कित्ता शेयर खरिदको लागि रितपुर्वक आवेदन परेकोमा गोलाप्रथाबाट २ लाख ७० हजारलाई बाँडफाँड गरिएको हो। शेयर बाँडफँडको नतिजा केहि बोरमा मेरोलगानीमा हेर्न सकिने छ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलवार १०:५२