१५ आश्विन २०८१, मंगलवार | Wed Oct 2 2024

नेको इन्स्योरेन्सको लिलामी शेयरमा आजदेखि आवेदन खुल्ला

२० असाेज,  काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेका केहि संस्थापक समूहको शेयर आजबाट बिक्रीका लागि खुल्ला हुने भएको छ । कम्पनीले संस्थापक शेयरधनीहरु मध्येको १० लाख ७० हजार २ सय ६.८४ कित्ता संस्थापक शेयर लिलाम बढाबढ प्रक्रियाबाट बिक्री गर्न लागेको हो । सो शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले आवेदन दिन सक्नेछन्।


उक्त शेयरकाे न्युनतम मूल्य प्रतिशेयर ३९५ रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले साे वा साे भन्दा धेरै मूल्य अंकित गरि बाेलकबाेल गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शेयर संख्याका कुनै हद तोकिएको छैन। इन्स्योरेन्सको शेयर बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलवार ०९:५८