प्रवासी नेपालीसँग साझेदारीका लागि थिंक टयाकं गठन गर्ने सरकारको तयारी
२३ जेठ, लण्डन । सरकारले प्रवासी नेपालीसँग भएका ज्ञान, क्षमता र अनुभवलाई नेपालमा भित्र्याउने तयारी थालेको छ । नेपाल कम्यूनिस्ट पार्टीका सांसद पद्म गिरीको स्वागतमा सोमबार लन्डनमा आयोजित कार्यक्रममा सासद गिरीले प्रवासी नेपालीसँग हातेमालो गर्दै सरकार अघि बढने बताएका हुन । उक्त कार्यका लागि प्रधानमन्त्री केपी ओलीले थिंक ट्याक गठन गर्न लागेका छन् । थिंक टयाकंले शिक्षा, स्वास्थ्य, पुर्वाधार र प्रविधिका क्षेत्रका काम गर्न छुट्टाछुटटै विज्ञहरु रहने छन् ।
ती विज्ञले सरकार र प्रवासी नेपालीसँग समन्वय गरि मुलुकलागि समृद्ध बनाउन द्रुत गतिमा काम गर्नेछ । सासद गिरीले दुई तिहाइको सरकार भएकाले जनताले भरोसा गर्न लाएक भएको दावी गरे । उनका अनुसार सरकारको उच्च प्राथमिकतामा पूर्वाधार विकास परेको छ । त्यसमा प्रवासी नेपालीको सहयोग अपेक्षा गरेका छाैँ ।
प्रवासी नेपाली मंचका अध्यक्ष राजेन्द्र पुडासैनीले दुई पार्टी एकतापछि गठन नेपाल कम्युनिस्ट पार्टीका सांसद गिरीलाई स्वागत गर्दै सरकारले जनआकाक्षा पूरा गर्ने विश्वास व्यक्त गरे । लोकतन्त्रमा जनता भन्दा ठुला कोही नभएकाले मंच अध्यक्ष पुडासैनीले जनताले आफ्नै सरकार भएको अनुभव गर्ने गरि काम गर्न पार्टीलाई आग्रह गरे । उनले बेलायतमा पनि छिट्टै एमाले र माओवादीका प्रवासी संगठनहरु एकीकरण हुने जानकारी दिए ।
मंचका सस्थापक अध्यक्ष अल्कलजंग लामा प्रवासका संगठनका बारेमा पार्टीका स्पष्ट धारणा आवश्यक रहेको जनाए । निवर्तमान अध्यक्ष रामशरण सिंखडाले प्रवासमा सिकेका ज्ञान र अनुभवलाई नेपाल सरकारलाई हस्तान्तरण गन तयार रहेको बताए । जनप्रगतिशील मंच यूकेका पुर्व इन्चार्ज पुर्ण लोक्समले राजनीतिलाई पेशा नबनाई हरेक नेता तथा कार्यकर्ता उत्पादनसँग जोडिनु पर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघ यूके शाखाका बरिष्ठ उपाध्यक्ष श्याम लुईटेलले पत्रकारहरु नेपालको समृद्धीका लागि हातेमालो गर्दै अघि बढन तयार रहेको जनाए । नर्थ ह्यारोस्थित सारस रेष्टुरेन्टमा भएको स्वागत कार्यक्रममा प्रवासी नेपाली मंच यूकेका उपाध्यक्ष धन क्षेत्रीले स्वागत मन्तव्य राख्नु भएको थियो । सो कार्यक्रममा अर्जुन चापागाई, एनआरएनए यूकेका उपाध्यक्ष शुशिला राई र लेखक नरेश काङवाङ राईलगायतले आ आफ्नो धारणा राखेका थिए । मंचका सचिव हेम लिम्बुले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष रामजी बराललगायतका मंच आवद्ध सदस्यहरुको उपस्थित थिए ।
प्रकाशित मिति : २३ जेष्ठ २०७५, बुधबार १३:२५