१२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026

पोखराबाट ८ सय बढीले पुनः श्रम स्वीकृति लिए

१९ असाेज, काठमाडाैँ । विश्वमहामारीका रुपमा फैलिएको कारोना भाइरस कोभिड १९ को कहरकाबीच गण्डकी प्रदेशको राजधानी पोखराबाट ८ सय बढीले पुनः श्रम स्वीकृति लिएका छन । वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेमध्ये अघिल्लो वर्षको हकमा संख्या कम भएपनि कोरोना कहरकाबीच ८ सय २६ जनाले पुनः श्रम स्वीकृति लिएका हुन ।

चालु आर्थिक वर्ष २०७७/७८ साउनमा मात्रै ४ सय २६ जना पुरुष र ६ जना महिलाले स्वीकृति लिएका छन । यस्तै भदौमा पुरुष २ सय १ र महिला ८ जनाले स्वीकृति लिएका छन भने आश्विन १४ गतेसम्म पुरुष १ सय ८३ र महिला २ जना गरी कुल ८ सय २६ जनाले पोखरावाट पुनः श्रम स्वीकृति लिएको श्रम तथा वैदेशिक रोजगार कार्यालय, पोखराका सूचना अधिकारी छन्दनारायण श्रेष्ठले बताउनुभयो ।


यसअघि प्रतिदिन एकसयको हाराहारीमा सेवाग्राीहले पुनः श्रम स्वीकृति लिने गरेकोमा अहिले कोरोनाका कारण केही संख्या कम भएको उहाँले बताउनुभयो । कोेभिड संक्रमणको जोखिम जारी भएको लक डाउनका कारण ६ महिनासम्म सेवाग्राहीले सेवा लिन नपाएकोमा अझै संख्या बढ्न सक्ने उहाँले बताउनुभयो । कार्यालय स्थापनासँगै गण्डकी प्रदेश सहित आसपासका बासिन्दालाई श्रम स्वीकृतिका लागि काठमाडौं जानु नपर्ने बाध्यतालाई मध्यनजर गर्दै पोखरावाट पुनः श्रम स्वीकृति हुने भएकाले सेवाग्राहीलाई सहज भएको छ ।

प्रकाशित मिति : October 5, 2020 at 12:42 pm