१२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026

कर्मचारीमा कोरोना संक्रमण देखिएसँगै बुधबारदेखि बन्द श्रम स्वीकृति आजबाट पुनः सुचारू

१९ असाेज, काठमाडौँ । गत बुधबारदेखि बन्द श्रम स्वीकृति आजदेखि पुनः शुरु हुने भएको छ । कर्मचारीमा कोरोना संक्रमण देखिएसँगै वैदेशिक रोजगार कार्यालय, ताहाचलबाट बन्द गरिएको श्रम स्वीकृति आजदेखि पुनः शुरु गरिने भएको हो ।

 भिसा अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको समस्यालाई ध्यानमा राखी सावधानीपूर्वक सीमित सेवा प्रदान गर्न लागिएको विभागले जनाएको छ ।


वैदेशिक रोजगार बोर्ड सचिवालयबाट प्रदान गरिने आर्थिक सहायता अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ । बोर्ड सचिवालयमा कार्यरत कर्मचारीलाई काेराेना संक्रमण भएको हुँदा सेवाग्राही तथा सेवा प्रदायकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी अर्को सूचना नभएसम्म सचिवालयवाट प्रदान गरिने आर्थिक सहायता सम्बन्धी संपूर्ण सेवा बन्द गरिएको छ।

प्रकाशित मिति : October 5, 2020 at 11:11 am