कोरोना संक्रमणबाट बुटवलमा थप १ जनाको मृत्यु
१९ असोज, काठमाडौँ । कोरोना संक्रमणबाट बुटवलमा थप १ जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका १३ की ६५ बर्षिया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनिकमा आइतबार बिहान ९ बजे भर्ना भएकी महिलाको राति ८ बजे मृत्यु भएको प्रादेशिक अस्पतालका प्रबक्ता डाक्टर बिष्णु गौतमले जानकारी दिनुभयो ।
प्रकाशित मिति : October 5, 2020 at 10:55 am



