१२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026

‘बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गरे बलात्कार गर्नुअघि त्यसले पक्कै दुईपटक सोच्छ’

१९ असोज, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं विदेश मामिला विभागका उपप्रमुख विष्णु रिजालले पनि बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गर्नुपर्नेमा आफ्नो राय व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत नेता रिजालले बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गरे बलात्कार गर्नुअघि त्यसले पक्कै दुईपटक सोच्ने उल्लेख गर्नुभएको छ ।

रिजालले उल्लेख गर्नुभएको छ ‘म राजनीतिमा छु । त्यसैले म आफूलाई सबभन्दा ठूला मानवअधिकारवादीमध्ये ठान्छु । किनभने, राजनीतिले नै मानिसको सम्मानपूर्वक बाँच्ने, विरोध वा समर्थन गर्ने, लेख्ने–पढ्ने, मन नपरे सत्ता–सरकार बदल्ने, कानुनी राज स्थापना गर्ने, दण्डहीनता अन्त्य गर्ने जस्ता कुरा सुनिश्चित गर्दछ ।’

उहाँले अघि भन्नुभएको छ ‘आफूलाई लागेको कुरा खुलेर राख्नु लोकतन्त्रको सुन्दरता हो । त्यसैले म बलात्कारीलाई मृत्युदण्डको व्यवस्था होस् भन्ने चाहन्छु । यसले बलात्कार निर्मूलै पार्छ त भन्दिनँ तर यदि यस कानुनका बारेमा थाहा छ भने बलात्कार गर्नुभन्दा अघि त्यस पुरुषले दुईपटक पक्कै सोच्छ होला ।’

प्रकाशित मिति : October 5, 2020 at 9:16 am