१२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026

कारोना संक्रमणबाट ५  दिने नवजात शिशुसहित थप ७ जनाको मृत्यु

१८ असाेज, काठमाडाैँ । नेपालमा कारोना भाइरस संक्रमणबाट ५  दिने नवजात शिशुसहित थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुरमा पाँचदिने नवजात शिशुसहित ४ महिला र ३ पुरुषको कोरोनाबाट मृत्यु भएको हो । मृत्यु हुनेमा चितवनमा ५५ वर्षिया महिला, बाँकेमा २५ वर्षिया महिला र कञ्चनपुरमा २९ वर्षिया महिला रहेका छन ।

फाइल फाेटाे

यस्तै काठमाडौँमा ५५ वर्षिय पुरुष, ललितपुरमा ७७ वर्षिय पुरुष र बाँकेमा ६० वर्षिय पुरुषको पनि कोभिडबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ ।

प्रकाशित मिति : October 4, 2020 at 5:22 pm