१२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026

पछिल्लो २४ घण्टामा २२५३ जना कोरोना संक्रमित थपिए

१८ असोज, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप जना २२५३ कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । उनका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २२ हजार २१९ रहेको छ ।

जसमा संस्थागत आइसोलेशनमा १० हजार ३२६  र होम आइसोलशेन ११ हजार ८९३ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३२९  कोरोना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ६४ हजार ६८ पुगेको छ । नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ

प्रकाशित मिति : October 4, 2020 at 4:27 pm