इलाममा दाउरा काट्ने क्रममा रुखको हाँगोले लागेर १ जनाकाे मृत्यु
१८ असोज, इलाम । जङ्गलमा दाउरा काट्ने क्रममा रुखको हाँगोले लागेर फाकफोकथुममा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फाकफोकथुम–४ का २८ वर्षीय भानुभक्त दलार्मी मगर रहेका प्रहरी चौकी आमचोकका प्रमुख सुवेन्द्र कर्णले जानकारी दिनुभयो ।

काट्दै गरेको रुखले अर्काे रुख लडाउँदा उनीको टाउकोमा लागेको जनाइएको छ । शव परीक्षण गर्न लागेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : October 4, 2020 at 3:40 pm



