१५ आश्विन २०८१, मंगलवार | Wed Oct 2 2024

एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपिओ बाँडफाड आज

१८ असाेज,  काठमाडौँ । एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा असोज १८ गते, आइतबार हुँदैछ । संस्थाको असोज ४ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा होटल दिनेश, धनगढी, कैलालीमा बिहान ११ बजेबाट सुरू हुनेछ । साधारण सभामा  सर्वसाधारण शेयर अर्थात् एफपिओ निष्कासन गर्ने सम्बन्धमा छलफल गरिनेछ ।

त्यसैगरी, सभामा लघुवित्तको नाम परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कर्पोरेट कार्यालय बुढानिलकण्ठ नगरपालिका ९, काठमाडौँमा स्थापना गर्ने, सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने र साविकका किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्तसँगको मर्ज अनुमोदन गर्ने विशेष प्रस्तावहरू छलफल गरि पारित गरिनेछ ।

त्यसैगरी, संस्थाले विशेष साधारण सभा गर्ने प्रयोजनका लागि असोज ११ गते एक दिनका लागि बुकक्लोज गरेको थियो । असोज १० गतेसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्र विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आईतवार ११:४४