१२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026

कोरोना संक्रमणबाट चितवनमा १ पुरुषको मृत्यु

१८ असोज, भरतपुर । चितवनमा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो ।

फाइल फाेटाे

असोज १६ गते कोरोना सङ्क्रमणसहित उहाँ भरतपुर अस्पतालको कोभिड आइसीयूमा भर्ना हुनुभएको थियो । उहाँमा खोकी र स्वासप्रश्वासको समस्या देखिएको अस्पतालले जनाएको छ । यससँगै कोरोनाका कारण चितवनका मात्रै २४ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : October 4, 2020 at 10:07 am