१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

विष्णु दाहाल नेतृत्वको अनेरास्ववियू नुवाकोटले पूर्णता पायो (जिम्मेवारी पाउनेको सूचीसहित)

१७ असोज, नुवाकोट । सत्तारूढ पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ संस्था अनेरास्ववियू नुवाकोटले पूर्णता पाएको छ । विष्णु दाहालको संयोजकत्वमा ६१ सदस्यी जिल्ला कमिटीको घोषणा भएको अनेरास्ववियू नुवाकोटका सचिवालय सदस्य प्रशान्तजंग पाण्डेले दैनिकीलाइ जानकारी दिनुभयो ।

सहसंयोजकमा विनोद कोइराला रहेका छन। सात सदस्यीय कार्यालयमा संयोजक र सहसंयोजक बाहेक रिपेश तिवारी, राजन ढकाल, विष्णुहरि रिमाल सत्य, राजेन्द्र पनेरू र निराजन बोगटी रहेका छन । त्यस्तै सचिवालयमा प्रशान्तजंग पाण्डे, विवश धिताल लगायत रहेका छन ।

संयोजक दाहालले दैनिकीसँग प्रतिक्रिया दिँदै धेरै सिनियरहरू पनि जिल्ला कमिटीमा छुटेको भन्दै उहाँहरूको प्रदेश कमिटीमा व्यववस्थापन गरिने जानकारी दिनुभयो । संयोजक दाहालले विगतमा जस्तै अनेरास्ववियू विद्यार्थीहरूको नेता संगठनको रूपमा अघि बढ्ने बताउनुभयो ।

सदस्यहरूको सूची तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार २१:२०